गल्कोट समाज क्षेत्रीय समिति कान्तोको अधिवेशनको लागि तयारी तीव्र

piccc
  • 11
    Shares

थम्मन थापा/ बागलुङ, १० साउन। गल्कोट समाज क्षेत्रीय कार्यसमिति टोकियो २०१८-२० को अन्तिम बैठक २०२० जुलाई २१ तारिक टोकियो को ईताबासीमा सम्पन्न गर्दै क्षेत्रीय समिति कान्तोको अधिबेशन सम्पन्न गर्ने निर्णय गरेको छ।

कान्तोका अध्यक्ष महेन्द्र साहानीको अध्यक्षतामा सम्पन्न बैठकमा गल्कोट समाज जापानका संरक्षक एवं अन्तर्राष्ट्रीय गल्कोट समाजका संयोजक श्री बेलुकाजी थापा, गल्कोट समाज जापानका केन्द्रीय अध्यक्ष श्री दिलु खत्री र केन्द्रीय सदस्य श्री किसान बस्नेत समेतको उपस्थिति रहेको थियो। सचिव दुर्गा बहादुर खत्रीको संचालनमा सम्पन्न बैठकमा सम्पुर्ण कार्यसमिति सदस्यहरुले २ बर्षको कार्यकालमा भएका कार्यको समीक्षा र भावी दिनहरुमा समाजलाई दिन सक्ने योगदानका बिषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए।

बैठकले “गल्कोट समाज कल्याणकारी अक्षयकोष टोकियो २०२०” को अक्षयकोष निर्देशिका जारी गरेको छ। कार्यसमितिको निर्णयबाट हाललाई अक्षयकोषमा ११ लाख रहने गरी कोष संचालन निर्देशिका जारी गरेको छ। हरेक पटक गल्कोट समाज क्षेत्रीय कार्यसमिति पुनर्गठन भए संगै अक्षयकोष संचालक समिती पनि गठन हुने गरी निर्देशिका जारी गरिएको हो। संस्थाका कोषाध्यक्ष राजु बस्नेतले कार्यसमितिको यस कार्यकालको आय-ब्यय प्रस्तुत गर्नु भएको थियो।

भने सचिव दुर्गा बहादुर खत्रीले प्रगति विवरण प्रस्तुत गरी सर्वसहमति बाट पारित भएको थियो। बिभिन्न सामाजिक गतिबिधीमा सक्रिय भूमिका निर्वाह गर्ने बर्तमान कार्यसमितिका सदस्य श्री दिनेश थापा, हिमाल कडेल र कृष्ण शर्मा लाई क्षेत्रीय कार्यसमितिले “सक्रिय सदस्य सम्मान” प्रदान गर्ने निर्णय पनि बैठकले गरेको छ।

केन्द्रीय कार्यसमितिको निर्देशन अनुरूप आगामी ११ तारिक दिउसो १ बजेदेखी ईकेबुकुरो स्थित तोसिमा कुमिन सेन्टरको सातौं तल्लाको सभाहल ७०२-७०३ मा गर्ने तय भएको छ। अधिवेशन सम्पन्न गर्नका लागि संस्थाका संरक्षक नर बहादुर थापाको संयोजकत्वमा संस्थाका सल्लाहकार रामकृष्ण बम मल्म र बाबुराम सापकोटा दुई सदस्य रहने गरि निर्वाचन समिती चयन गरिएको छ।