सुनको मूल्य घट्न थाल्यो

  • 19
    Shares
0

काठमाडौं, १४ फागुन। नेपाली बजारमा सुनको मूल्य घट्न थालेको छ। विस्तारै सुनको भाउ घट्न थालेको छ। सोमबार प्रतितोला ८० हजार ३ सय पुगेको सुन मंगलबार ३ सयले घटेको थियो। त्यस्तै बुधबार ५ सयले घटेर ७९ हजार ५ सय कायम भएको छ।

पछिल्लो समय निरन्तर बढेको सुन दुई दिनमा ८ सयले घटेको छ। सोमबार सुन प्रतितोला ८० हजार ३ सय पुगेर ऐतिहासिक रेकर्ड बनाएको थियो। त्यसैगरी तेजाबी सुनको मूल्य ७९ हजार २ सय रहेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

बुधबारका लागि चाँदीको मूल्य प्रतितोला ९ सय ५ रुपैयाँ पुगेको छ। बुधबार अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १६ सय ४२ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

Comments
Loading...
You might also like