बैंकमै थन्कियो ५ सय केजी सुन

  • 35
    Shares
0

काठमाडौं, १४ फागुन। सुन व्यवसायीहरुले बैंकबाट सुन खरीदमा कटौती गरेका छन्। मूल्य निरन्तर आकासिएर कारोबारमा मन्दी आउँदा व्यवसायीहरूले बैंकबाट सुन खरीदमा कटौती गरेका हुन्।

व्यवसायीहरूले सुन नकिन्दा अहिले बैंकहरूमा ५०० केजीभन्दा बढी सुन थन्किएको छ। नेपाल बैंकर्स संघका अनुसार फागुन सुरु भएलगत्तै व्यवसायीहरूले बैंकबाट सुन किन्ने क्रम ह्वात्तै घटेको छ। नेपालमा विवाह र व्रतबन्धको सिजन अर्थात असोज, मंसीर, माघ र फागुनमा बैंकबाट उच्च मात्रामा नै सुन बिक्री हुने गरेको थियो।

तर, यसपटक फागुनको मध्यसमम्म पनि व्यवसायीहरूले बैंकबाट धेरै सुन किनेका छैनन्। गत वर्ष प्रतितोला ६० हजारको हाराहारीमा रहेको सुनको मूल्य अहिले ८० हजार पुगेको छ।

मूल्य बढेकाले पहिले दैनिक करिव ५० केजी सुन खपत हुने गरेको नेपाली बजारमा अहिले दैनिक १० देखि १५ केजीसम्म मात्र खपत हुने नेपाली सुनचाँदी व्यवसायी महासंघलाई उद्धृत गर्दे आजको आर्थिक अभियानले समाचार लेखेको छ।

बैंकर्स संघका कार्यकारी निर्देशक अनिल शर्माले भने, ‘अहिले हामीसँग ५०० केजी सुन स्टकमा छ। त्यो विक्री नभएसमम नयाँ सुन आयात गर्दैनौं।’

Comments
Loading...
You might also like