ट्रष्टको जग्गामा म दोषी छैन : देउवा (विज्ञप्तिसहित)

  • 20
    Shares
0

काठमाडौं। नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल ट्रष्टको जग्गा प्रकरणमा आफ्नो कुनै संलग्नता नभएको दावी गरेका छन्। बुधबार एक विज्ञप्ति जारी गरी देउवाले आफूमाथिको अभियोग अस्वीकार गरेका हुन्।

विज्ञप्तिमा देउवाले भनेका छन्, ‘म प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा मेरो संलग्नतामा अन्य कुनै पनि निकायबाट नेपाल ट्रष्टको जग्गा लिज सम्बन्धमा कुनै निर्णय भएको छैन। मेरो सहभागिता वेगर भएको कुनै पनि निर्णयमा मेरो नाम जोडेर गरिने या गरिएका प्रचारप्रति मेरो गम्भीर आपत्ति छ।’

देउवाले कानूनी विषयलाई आफूसँग जोड्नु उचित भएको बताएका छन्। ‘प्रथमतः २०६४ मा नेपाल ट्रष्ट ऐन जारी हुँदा ट्रष्टलाई ‘एक अविच्छिन्न उत्तराधिकारवाला स्वशासित र संगठित संस्था’ का रुपमा ऐनले नै परिभाषित गरेको थियो। अतः यसको बोर्डले गर्ने या गरिएका एवं निश्चित कर्मचारी तहबाट हुने या भएका कुनै पनि निर्णयमा प्रधानमन्त्रीका रुपमा मलाई गाँस्नु राजनैतिक र कानूनी दृष्टिले समेत गलत छ’ देउवाको विज्ञप्तिमा उल्लेख छ।

Nepal Trust statement

Comments
Loading...
You might also like