‘सबैभन्दा ठूलो लगानी आफ्नो विचार र व्यक्तित्वमा गर’

  • 179
    Shares
0

काठमाडौं। वारेन बफेट प्रसिद्ध अमेरिकी व्यवसायी हुन्। फोर्स पत्रिकाले निकाल्ने विश्वका धनी व्यक्तिहरुको सूचीमा उनको नाम आउँछ। उनको जन्म सन् १९३० अगस्ट ३० मा भएको थियो।

वारेन बफेटका प्रेरक भनाइहरुः

१. आफ्नो नाम कमाउनका लागि २० वर्ष समय लाग्छ भने बदनाम हुनको लागि ५ मिनेट पनि लाग्दैन । यदि त्यो सम्झेर तिमीले काम र्गर्यौ भने फरक तरिकाले काम गर्न थाल्दछौ ।

२. तिमीभन्दा राम्रा व्यक्तिको संगत गर, जसले गर्दा तिमी पनि अझ राम्रो गर्ने बाटोमा हिँड्न थाल्छौ।

३. मैले हाम फाल्नको लागि सात फुटको बार हेर्दिन । मैले त एक फुटको बार हेर्छु जसलाई म नाघ्न सकुँ ।

४. म बताउँछु तिमीलाई धनी कसरी हुने– ढोका बन्द गर । अरु लोभी हुँदा आफूले डर मान र अरु डराउँदा आफू लोभी बन्।

५. सफल लगानीकर्ताका लागि अनुशासन र धैर्यता अपरिहार्य तत्व हुन्।

६. तिमीले खराब मानिससँग राम्रो सम्झौता गर्न सक्दैनौ।

७. व्यवसायमा सफल भएका मानिसहरु तिनै हुन् जसले आफूले मन पराउने काम गरे।

८. सबैभन्दा ठूलो लगानी आफ्नो विचार, आफ्नो व्यक्तित्वमा गर।

९. असाधारण नतिजा प्राप्त गर्नका लागि असाधारण काम गर्न जरुरी छैन ।

Comments
Loading...
You might also like