नेकपा रुपन्देहीको तेस्रो बैठक सम्पन्न, के-के भए निर्णय ?

  • 41
    Shares
0

बुटवल, १४ फागुन। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) रुपन्देहीले तीन महिने विशेष अभियान सञ्चालन गर्ने भएको छ। बुधबार बुटवलमा बसेको नेकपा रुपन्देहीको तेस्रो पूर्ण बैठकले तीन महिने पार्टी एकता सुदृढिकरण तथा जनसम्बन्ध विस्तार अभियान सञ्चालन गर्नेलगायतका विभिन्न निर्णयहरु गरेको हो।

पार्टीका केन्द्र र प्रदेश कमिटीका हालै सम्पन्न बैठकले सबै ७७ वटै जिल्लामा परिचालन अभियान सञ्चालन गर्न निर्देशन गरेको थियो । नेकपा रुपन्देहीका संयोजक शिवराज सुवेदीको अध्यक्षतामा बुधबार बुटवलमा बसेको बैठकले विभिन्न विभागहरुलाई पूर्णता दिनुका साथै सल्लाहकार परिषद् गठन र सदस्यहरु मनोनित गरेको छ।

रुपन्देहीमा पार्टी र पार्टीले नेतृत्व गरेका विभिन्न तहमा सरकारका कामहरुका बारेमा जानकारी गराउनुका साथै सरकारका र पार्टीका कामहरुलाई जनस्तरमा पुर्‍याउने गरी विशेष अभियान सञ्चालन गर्ने निर्णय गरेको नेकपा रुपन्देहीका प्रचार विभाग प्रमूख मोहन चापागाइँले जानकारी दिए। नेकपा रुपन्देहीले करिव आठ सय जना अगुवाहरूलाई कमिटीमा समाबेश गर्दै विभिन्न जिम्मेवारीसमेत तोकेको छ। सल्लाहाकार परिषद्, ज्येष्ठ कम्युनिष्ट मञ्च, २८ वटा विभाग, प्रतिनिधि तथा प्रदेशका निर्वाचन क्षेत्रीय कमिटी, लेखा समिति, निर्वाचन समिति र संयन्त्र निर्माणका विभागहरूमार्फत् ती आठ सय जना अगुवा कार्यकर्ताहरुलाई परिचालन गरिएको प्रचार विभाग प्रमूख चापागाइँले बताए।

यसअघिको दोस्रो बैठकले विभागका प्रमूख उपप्रमुख, पाँच वटा निर्वाचन क्षेत्रीय र १० वटा प्रदेश निर्वाचन क्षेत्रीय कमिटीका प्रमूख, सचिव तथा केही कमिटीका इञ्चार्ज, सहइञ्चार्ज र सचिवहरु तोकेको थियो। बुधबारको बैठकले तिनै कमिटीहरुलाई पूर्णता दिएको छ। पाँच वटा निर्वाचन क्षेत्रीय कमिटी र १० वटा प्रदेशसभाका कमिटीहरूमा दुई सय ५५ जनालाई मनोनयन गरिएको छ।

यस्तै एक सय ५० जनाभन्दा धेरै रहेको सल्लाहकार परिषद् गठन गर्नुका साथै विभिन्न २८ वटा विभागहरु र सबै निर्वाचन क्षेत्रमा प्रतिनिधित्व हुनेगरी सदस्यहरु मनोनित गरिएको छ। बैठकमा नेकपाका स्थायी समिति सदस्य, पाँच नम्बर प्रदेश कमिटीका इञ्चार्ज तथा मूख्यमन्त्री शंकर पोखरेल, स्थायी कमिटी सदस्य छविलाल बिश्वकर्मा, केन्द्रीय कमिटीका सदस्य डिलाराम आचार्यलगायतले सम्बोधन गरेका थिए।

बैठकलाई सम्बोधन गर्दै प्रदेश इञ्चार्ज तथा मूख्यमन्त्री पोखरेलले पार्टीले नेतृत्व गरेका तीनै तहमा महत्वपूर्ण कामहरु भएको तर पार्टी कार्यकर्ताहरुले त्यसको सही ढंगले जस लिन नसकेको गुनासो गरे। ‘अहिलेसम्म भए गरेका कामहरुको सूचि र टिपोट मात्रै बनाएर भएपनि जनस्तारमा जानुस् ८० प्रतिशत गुनासाको सम्बोधन हुन्छ’ उनले भने, ‘काम नभएर होइन कामको सही ढंगले प्रचार–प्रसार नभएर गुनासाहरु आएका हुन्।’

उनले अगुवा कार्यकर्ताहरुले सरकारले गरेका कामहरुलाई विभिन्न तह, कमिटीका कार्यकर्ताहरुमार्फत् जनस्तरसम्म पु¥याउन निर्देशनात्मक भनाइ राखेका थिए। ‘तीनै तहले गरेका कमहरूको सूचि अगाडि राखेर जनस्तरमा जानुस् जनताले सही सूचना नपाएका कारणले पनि गुनासा र केही चाहना राखेको अवस्था छ ।’

तीन महिने अभियानमा पार्टीका हरेक नेता कार्यकर्ता आ-आफ्नो भुगोल र कार्यक्षेत्रमा अनिवार्य रूपमा सहभागी हुन् उनले निर्देशन दिए। त्यसरी सहभागी हुँदा जनस्तरबाट आउने सुझाव तथा गुनासाहरुलाई टिपोर्ट गर्ने, समस्याको पहिचान गर्दै तिनको सम्बोधन तथा समाधानमा सहयोग पुग्ने बताए।

समुदाय केन्द्रित अभियानलाई प्रभावकारी बनाउन सक्दा नै सरकारले गरेका कामहरुको प्रचार हुने र पार्टीले अपनत्व लिन सहज हुने उनको भनाइ थियो। बैठकमा केन्द्रीय सदस्य तथा रुपन्देहीका इञ्चार्ज लिला गिरी, केन्द्रीय सदस्य तथा रुपन्देहीका सह–इञ्चार्ज दधिराम न्यौपानेलगायतका नेताहरुको सहभागीता थियो।

Comments
Loading...
You might also like