बैंक ११ बजेदखि १ बजेसम्म खुल्ने 

  • 17
    Shares
0

काठमाडौं, १३ गते। बिहीबारबाट बैंकले दुई घण्टे शाखा सेवा सुचारु गरेका छन् । राष्ट्र बैंकसँगको समन्वयनमा बैंकहरुले बिहीबारबाट आंशिक रुपमा शाखा सञ्चालनको गर्न थालेका हुन्। देश लकडाउनमा भए पनि बैंकिङ सेवा अत्यावश्‍यक सेवा भएको कारण नरोकिएको नेपाल राष्ट्र बैंकले जनाएको छ । बैंकर्स संघ सबै बैंकहरूलाई बुधबार नै परिपत्र जारी  एटीएम नरहेका शाखाहरू सञ्चालन गर्नको लागि आग्रह गरेको थियो।

संघ र राष्ट्र बैंक समेतले भने जिल्लामा जिल्ला प्रशासन कार्यालयसँगको समन्वयनमा शाखा सञ्चालनको निर्णय लिन आग्रह गरेका छन् । उच्चस्तरीय समितिको बुधबारको बैठकले अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सूचारु गर्न निर्देशन दिएको थियो।

नेपाल राष्ट्र बैंकले विद्युतीय माध्यमबाट हुने कारोबारलाई बढी प्राथमिकतामा राख्न आग्रह गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुद्वारा सञ्चालित एटिएम मेसिनहरुमा पर्याप्त नगद राख्न र त्यसको निगरानी गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ।

Comments
Loading...
You might also like