लुक्लामा पर्यटकलाई निःशुल्क खाना र बासको व्यवस्था

  • 71
    Shares
0

सोलुखुम्बु, १३ चैत। लुक्लामा पर्यटकलाई निःशुल्क खाना र बासको व्यवस्था गरिएको छ। सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिका २ लुक्लाले ‘लकडाउन’का कारण लुक्लामा रोकिएका पर्यटकहरुलाई निःशुल्क खाना र बासको व्यवस्था गरेको हो।

सगरमाथा क्षेत्रको भ्रमणमा आएका बेला लकडाउन घोषणा भइ लुक्लामै रोकिएका पर्यटकहरुलाई बिहीबार बिहानबाट लकडाउन नखुलुञ्जेलसम्म निःशुल्क खान र बासको व्यवस्था गरिएको वडाध्यक्ष आङ फुर्वा शेर्पाले जानकारी दिए।

होटल एसोसिएशन लुक्लासँगको समन्यवमा पर्यटकका लागि निःशुल्क खाना र बासको व्यवस्था गरिएको उनले बताए।लकडाउनका कारण लुक्लामा एक सय १९ जना पर्यटक रोकिएका छन्।

khumbu_pasanglamhu_rural_municipal_release
Comments
Loading...
You might also like