उपसभामुख चयनमा ढिलाइ

0

काठमाडौं । प्रतिनिधिसभाको सभामुख चयनमा ढिलाइ भएको छ । गत माघ १२ गते सभामुखमा सत्तारुढ दलबाट अग्निप्रसाद सापकोटा निर्वाचित भएसँगै उपसभामुख चयनको प्रक्रियाबारे पनि छिट्टै टुंगो लाग्ने विश्वास गरिए पनि अहिलेसम्म सभामुख चयनको विषयमा दलहरु मौन दखिएका छन्। लामो समय हुँदा पनि उपसभामुख चयनका विषयमा दलहरु मौन देखिएका हुन्।

सत्तारुढ दल नेकपाका नेताहरुले सभामुख चयनमा ढिलाइ नभएको बरु केही समय पर्खिएको बताएका छन् । भने विपक्षी दलका नेताहरुले सत्तापक्ष दलले निर्णयमा ढिलाइ गरेको बताइरहेका छन् । सत्तारुढ दल नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले सभामुख चयनमा ढिलाइ नभएको तर केही समय पर्खेको बताए ।

नेकपाले सभामुख पाउँदा उपसभामुखका लागि तीन दलहरु नेपाली कांग्रेस, समाजवादी पार्टी र राष्ट्रिय जनता पार्टीमध्ये कुनै एक दलबाट उम्मेदवार बन्ने उनले बताए । राजपाले उपसभामुखका लागि अनिच्छा देखाएको कांग्रेसले उपसभामुख नमाग्ने प्रतिक्रिया दिएको र समाजवादी पार्टीले केही समयअघि मात्रै सरकार छाडेकोले राम्रोसँग छलफल हुने अवस्था नदेखिएको नेम्बाङले बताए । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सभामखु चयनमा सत्तारुढ दलको आन्तरिक कारणले ढिला भएको बताउँदै उपसभामुख चयनमा ढिला गर्न नहुने बताए ।

फरक दल र फरक लिंगको हुनुपर्ने संवैधानिक प्रावधानअनुसार उपसभामुख चयन प्रक्रिया चाँडो सुरु गर्न आग्रह गरे । उपसभामुखमा उम्मेदवारी दिने विषयमा कांग्रेसले अहिलेसम्म केही नसोचनेको बताए । अरू दल पनि यसका लागि दाबेदार रहेकाले सत्तारुढ दलले सोचेको निर्णय हुने उल्लेख गर्दै कांग्रेसले केही नसोचेको बडूले बताए ।

राष्ट्रिय जनता पार्टी राजपा अध्यक्ष मण्डलका संयोजक महेन्द्रराय यादवले उपसभामुख कसलाई दिने भन्ने कुरा सरकारले निर्णय गर्ने बताए । अहिलेसम्म आफ्नो पार्टीलाई आधिकारिक रुपमा केही नभनेको उल्लेख गर्दै उनले सरकारले पार्टीलाई भनेको खण्डमा छलफल गरेर टुंगो लगाउने बताए । सरकारले सभामुख कसलाई दिने भन्ने कुरा स्पष्ट पारेपछि यो विषय टुंगो लाग्ने उनले बताए ।

Comments
Loading...
You might also like