प्रधानमन्त्रीज्यू, पुस्तकमा लगाइएको कर कहिले हट्छ ?

  • 41
    Shares
0

काठामाडौं। नेपाली कांग्रेसका युवा नेता गगन कुमार थापाले पुस्तकमाथि राज्यले कस लगाउनु अनुचित भएको भन्दै सरकारसँग कर हटाउन माग गरेका छन्।

सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थापाले पुस्तकमाथि कर लगाउँदा पठन संस्कृतिमा अवरोध आएको दावी गरेका छन्। उनले आफूले निरन्तर सदन र सडकबाट कर हटाउन खबरदारी गर्नेसमेत बताएका छन्। पुस्तकमाथि लगाइएकाे कर हटाउनुपर्ने माग उठिरहेका बेला नेता थापाले उक्त मागप्रति आफ्नाे पनि खबरदारी जारी रहेकाे उल्लेख गरेका हुन्।

‘पुस्तकमाथिको कर पठन संस्कृति र पढ्न पाउने अधिकारसँग जोडिएको छ’ थापाले लेखेका छन्, ‘प्रधानमन्त्रीज्यू, नागरिकले पढ्नु सरकारका लागि चुनौती बनेको हो भने एक नेपालीले एक वर्षमा कति पुस्तक पढ्न पाउने हो त्यो पनि बताइदिनोस्। पढ्न नियन्त्रण गर्ने सरकारको प्रयास विरुद्ध सदन र सडकबाट हाम्रो खवरदारी निरन्तर रहनेछ।’

Comments
Loading...
You might also like