कृष्ण गौतम प्रतिष्ठानलाई जग्गा सहयोग

  • 32
    Shares
0

पर्वत। नेपालमा २०५२ सालमा शुरु भएको जनयुद्धको एक जना योद्वा तथा पर्वतका तात्कालिक माओवादी नेता कृष्ण गौतमको स्मृतिमा निर्माण भएको सहिद स्मृति प्रतिष्ठानले जग्गा पाएको छ। २०६१ साल मंसिर १७ गते गौतमसहितका माओवादी नेताहरु खड्ग कुंवर, कुविजा पराजुली, विजय सुवेदी, मोहन गाहा मगरलाई स्याङ्जाको सिर्सिकोटमा शहादत भएको थियो।

उनीहरुको स्मृतिमा निर्माण भएको कृष्ण गौतम स्मृति प्रतिष्ठानले बुधबार मात्रै आफ्नै नाममा जग्गा पाएको छ। पर्वत जिल्ला पैयु गाउँपालिकाका स्थानीय जीत बहादुर श्रेष्ठ, दानकाजी श्रेष्ठ, दानप्रसाद श्रेष्ठ, कृष्ण प्रसाद श्रेष्ठ, काशिराम गौतम, खिम बहादुर नेपाली र केशर बहादुर नेपालीले प्रतिष्ठानका लागि जग्गादान गरेका हुन्।

प्रतिष्ठानले प्राप्त गरेको जग्गा १ रोपनी ६ आना रहेको प्रतिष्ठानका अध्यक्ष रेशमलाल सापकोटाले जानकारी दिए। दक्षिण पर्वतको हटिया बजारको छेउमा उक्त जग्गा रहेको छ। जनयुद्धका पहिलो सहिद दिल बहादुर रम्तेलको स्मृतिका दिन जग्गा संस्थाको नाममा नामसारी गरिएको प्रतिष्ठानका कोषाध्यक्ष तथा जग्गादाता कृष्णप्रसाद श्रेष्ठले बताए।

गौतम तात्कालीन माओवादीका दक्षिणी क्षेत्रका लोकप्रिय नेता मानिन्थे। बौद्धिक छविका गौतम तात्कालीन माओवादीका जिल्ला समिति सदस्य थिए। त्यसैगरि कुविजा पराजुली, विजय सुवेदी, खड्ग कुंवर पनि तात्कालीन माओवादीको जिल्ला समितिमा थिए भने मोहन गाहामगर इलाका कमिटीमा रहेर काम गरेका थिए।

Comments
Loading...
You might also like