बि. एन. ढकालको ‘कालो कोट’ (कविता)

BN dhakal
  • 109
    Shares

वकिल साब !
म तिम्रो कोठाको ह्याङ्गरमा
झुन्डिँदै आएको एउटा कालो कोट !
जसले जीवन पाउन पनि
तिम्रो शरीरमाथि चढ्नुपर्छ !

 

तिम्रो शरीरमाथि चढेरै पुगेको हुँ-
कयौं न्यायलयहरुमा, अड्डा-अदालतहरुमा !
तिम्रो शरीरमाथि चढेरै गरेको हुँ-
कयौं बहस-पैरवी !
र सुनेको हुँ-
न्यायका कयौं फैसलाहरु !

 

वषौंदेखिको संगतले
मैले तिमीबाटै सिकेको थिएँ,
अदालतहरु न्यायका मन्दिर हुन् भनेर १
तर आज सोध्न मन लागेको छ,
फैसलाहरु किनबेच हुने हटियाजस्तो घटिया
यो न्यायमन्दिर कुन देशको हो रु

 

वषौंदेखिको दौडधुपले
मैले तिमीबाटै सिकेको थिएँ,
वकिलहरु न्यायका पुजारी हुन् भनेर !
तर आज सोध्न मन लागेको छ,
अपराधको पक्षमा मुद्दा लड्ने
पूँजीवादी बजारमा राखिएका बिक्रीका मालजस्ता
यी न्यायका पुजारीहरु कुन मन्दिरका हुन् ?

 

र सोध्न मन लागेको छ,
त्यो कुन श्रीमान् हो रु
जो न्यायको श्रीपेच भिरेर जोख्छ-
कानुनको तुलोमा पीडितका टाउका !
र, गर्छ न्यायिक फैसलाहरुकै बलत्कार !

 

वकिल साब !
यहाँ त मैले थाहै नपाई
नामुद व्यापारी भइसकेछन्-
न्यायका प्रतिमूर्तिहरु नै !
यहाँ त मैले थाहै नपाई
प्रख्यात बजार भइसकेछन्-
न्यायका मन्दिरहरु नै !
र किनबेच हुन थालिसकेछन्-
बेहिसाब झुटा न्यायहरु !

 

म तिमीले लगाउने एउटा कालो कोट,
जसको इज्जतमा थाहै नपाई लागिसकेछ खोट !

 

त्यसैले अब मलाई
तिम्रो शरीरमाथि चढेर
पुग्नु छैन कुनै अड्डा-अदालत !
गर्नु छैन कुनै बहस-पैरवी !
सुन्नु छैन कुनै बजारीया फैसला !

 

वकिल साब !
म तिम्रो कोठाको ह्याङ्गरमा
झुन्डिँदै आएको एउटा कालो कोट !
जसले जीवन पाउन पनि
तिम्रो शरीरमाथि चढ्नुपर्छ !
तर अब,
पाउनु छैन मलाई कुनै जीवन
चढ्नु छैन मलाई तिम्रो शरीरमाथि

 

कृपया,
नछुइदेऊ मलाई तिम्रा ती

हातहरुले !
मलाई बन्नु छैन-
तिमीजस्तो अर्को कुख्यात अपराधी !

 

अरुण गाउँपालिका-५, भोजपुर,  हाल : काठमाडौं

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्