सञ्चारकर्मी रामु आचार्यको तीज गीत ‘हाम्री दिदिलाई सुहाउने रातो सारी’ सार्वजनिक (भिडियो)

Ramu teej
  • 141
    Shares

काठमाडौं। हिन्दु नारीहरुको महान पर्व हरितालिका तीज नजिकिदै गर्दा तीजका नयाँ नयाँ गीतहरु बजारमा सार्वजनिक हुने क्रम जारी छ। यसै क्रममा चितवनमै रेकर्डिङ तथा छायांकन गरिएको नयाँ तीज गीत हाम्री दिदीलाई सुहाउने रातो सारी सार्वजनिक गरिएको छ। ह्याप्पी मिडियाको आधिकारिक युट्युब च्यानमार्फत् सार्वजनिक गरिएको सो गीतमा सुष्मा पराजुली र कृष्ण अधिकारीको स्वर दिएका छन्। गीतमा रामु आचार्यको शब्द तथा कृष्ण अधिकारीको संगीत रहेको छ।

ह्याप्पी मिडिया नेटवर्कको निर्माणमा पूर्वी चितवनमा छायांकन गरिएको सो गीतको भिडियोमा सुरेन्द्र भण्डारीको निर्देशन रहेको छ। गीतमा इमान बस्नेत र मदन अच्छामीको छायांकन, अर्जुन महतोको ड्रोन अपरेटिङ साथै सुरेन्द्र भण्डारी र रामु आचार्यले संयुक्त सम्पादन गरेका छन्।

वर्ष दिनको तीजमा चेली र माईतिको महत्वको विषयमा गीत केन्द्रित रहेको छ। कोरोनाको प्रकोपले माईत जान पाइदैन कि भन्ने शंका साथै सृष्टि र समाज चल्नको लागि पूर्वीय मान्यता अनुसार महिलाहरू विवाह पश्चात आफ्नो श्रीमानको घरमा बसी बाँकी जीवन विताउदा आफू जन्मेको घर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाज चटक्क छोडी पराइघरमा जीवन विताउँदा आउने माइतीको यादलाई गीतले समेटेको छ।

किशोर तिवारीको कम्पोज भएको गीत ए टु स्टुडियो, भरतपुरमा रेकर्डिङ गरिएको हो। गीतमा रामु आचार्य,यशोदा तिमल्सिना आचार्य, प्रकृति लामिछाने, संजय दुवाडी, टिकाराम लामिछाने, एलिना बर्देवा लगायतको अभिनय देख्न सकिन्छ।