अदालत पुगे पूर्वमन्त्री गोकुल बाँस्कोटा

  • 331
    Shares
0

काठमाडौं, १६ फागुन। पूर्वसञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटा अदालत पुगेका छन्।गाली बेइज्जतीसम्बन्धी मुद्दा लिएर पूर्वसञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बाँस्कोटा अदालत पुगेका हुन्।

आफूविरुद्ध झुटो आरोप लगाएको भन्दै बाँस्कोटा उजुरी लिएर जिल्ला अदालत काठमाडौं पुगेका हुन्। उनले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा कमिसनको हिसाब किताब गरेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रविरुद्ध शुक्रबार उजुरी दिएका छन्। सञ्चारमन्त्री बास्कोटाले मिश्रले आफूलाई झुटो आरोप लगाएको भन्दै उजुरी दिएका हुन्।

मिश्रले सेक्युरिटी प्रेस खरिद प्रकरणमा बाँस्कोटाको ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गरेका थिए। सोही कारणले बाँस्कोटाले नैतिकताका आधारमा भन्दै राजीनामा दिएका थिए।

“मविरुद्ध लगाइएको झुटा लाञ्छना र गाली बेइज्ज्तीको विरूद्धमा मैले आज आफ्ना प्रतिनिधिमार्फत जिल्ला अदालत, काठमाडौंमा न्याय माग गदै मुद्दा दायर गरेको जानकारी सबैमा गराउँदछु,” बाँस्कोटाले मुद्दा दर्ता गराएपछि आफ्नो फेसबुक पेजमा लेखेका छन्।

Comments
Loading...
You might also like