लकडाउनको मौका पारेर सुनचाँदी पसलमा चोरी

  • 18
    Shares
0

दाङ, १५ चैत। तुलसीपुरको सुनचाँदी पसलबाट झण्डै ३ लाखभन्दा बढी मूल्य बराबरको सुनचाँदीका गरगहना चोरी भएको छ। लकडाउन घोषणा गरेको चौथो दिन शुक्रबार मध्यरातमा तुलसीपुरको सुनचाँदी पसलबाट झण्डै ३ लाखभन्दा बढी मूल्य बराबरको सुनचाँदीका गरगहना चोरी भएको हो।

टीका सुनचाँदी पसल तुलसीपुरबाट शुक्रबार बिहान साढे १ बजे सडक छेउको शटरको ताला फोडेर गरगहना चोरी भएको प्रहरीले जनाएको छ। पसलबाट चाँदी, चार आनाको पञ्चरत्ने बाला, कालीगढको सन्दुकमा राखिएको १२ आनाको तिलहरी बनाउने सुन, १० तोला चाँदीको बिछीया र केही नगद चोरी भएको छ।

बिहान पसलको अवस्था हेर्दा शटरको ताला फोडेको देखेपछि प्रहरीलाई खबर गरेको सुनचाँदी व्यवसायी तुलसीराम सुनारले जानकारी दिए। घटनाबारे अनुसन्धान भइरहेको तुलसीपुर प्रहरीले जनाएको छ।

Comments
Loading...
You might also like