नेपाल एयरलायन्सको जहाज दुर्घटना

  • 21
    Shares
0

काठमाडौं, १५ चैत। काठमाडौंबाट नेपालगञ्ज गएको नेपाल एयरलायन्सको जहाज अवरतरण गर्ने बेलामा दुर्घटनामा परेको छ। कोरोना भाइरस संक्रमणको आशंकामा संकलन गरिएको स्वाबको नमूना लिन गएको विमान दुर्घटनामा परेको हो।

स्वाबको नमूना लिनका लागि नेपालगञ्ज गएको नेपाल एयरलायन्सको जहाज दुर्घटनामा परेको त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले जनाएको छ। चिनियाँ वाइ १२ ई जहाज धावनमार्गमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो।

दुर्घटनामा दुई जना चिकित्सक र तीन जना चालक दलका सदस्य सकुशल रहेको विमानस्थल स्रोतको भनाइ छ।जहाज अवतरण गर्ने क्रममा धावनमार्गबाट चिप्लिएर जाली नजिक पुगेको थियो। विभिन्न स्थानमा संकल भएका स्वाबका नमूना काठमाडौं ल्याउन स्वास्थ मन्त्रालयले उक्त जहाज चाटर्ड गरेको थियो।

Comments
Loading...
You might also like