चीनको वुहानमा ठिक भएका १० प्रतिशतमा फेरि कोरोना भाइरस

0

बेइजिङ। कोरोना भाइरस केभिड-१९ संक्रमणबाट चीनको अस्पतालबाट ठिक भएर घर गएका ३ देखि १० प्रतिशतमा फेरि कोरोना पोजिटिभ देखिएको छ। कोरोना भाइरसका बिरामीमा फेरि पोजिटिभ रिपोर्ट आएको हो।

यद्यपि, वुहानमा कोरोनाको प्रकोपको सामना गरिरहेका टोगजी अस्पतालका डाक्टरले आफूलाई जुन बिरामीको रिपोर्ट पोजिटिभ आएको छ उनीहरु संक्रामक भएको प्रमाण आफूलाई फेला नपरेको बताएका छन्। सीसीटीभीका अनुसार अस्पतालले पुष्टि गर्दै एक पनि न्यूक्लिक एसिड परीक्षणको समयमा १४७ बिरामीमा केबल ५ बिरामीमा पोजिटिभ पाइएको उल्लेख गरेको जनाएको छ।

गत वर्षको डिसेम्बरमा चीनमा कोरोना भाइरसको सुरुवात भएको थियो। यस भाइरसबाट त्यहाँ ८१ हजार भन्दा बढी मानिस संक्रमित भएका थिए। ३,२०० भन्दा बढी मानिसको मृत्यु समेत भएको छ।

चीनमा कोरोनाभाइरसबाट संक्रमित ९० प्रतिशत भन्दा बढी बिरामी निको भएर घर फर्केका छन् भने ४ हजार ३ सय बिरामी अझैपनि अस्पतालमा उपचार गराइरहेका छन्। कोरोनाभाइरसको संकटमा सबैभन्दा पहिले परेको चीनले हाल यसमाथि नियन्त्रण पाइसकेको छ। कोरोनाभाइरसबाट मर्नेको संख्या कम हुँदै गइरहेको छ ।

Comments
Loading...
You might also like