सभापति कोइरालाद्वारा कोरोना रोकथाम नियन्त्रण कोषमा सहयोग गर्ने घोषणा

  • 50
    Shares
0

पोखरा, १५ चैत। गण्डकी प्रदेश सभा कास्की क्षेत्र नम्बर १ (१) का सांसद एवं अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले कोरोना रोकथाम तथा व्यवस्थापन कोषमा सहयोग गर्ने घोषणा गरेका छन्। प्रदेश सरकारको बुधबार बसेको बैठकले कोरोना रोकथाम तथा व्यवस्थापन गर्न गण्डकी प्रदेशमा १५ करोडको कोष निर्माण गर्ने घोषणा गरेसँगै सभापति कोइरालाले आफ्नो १५ दिनको तलब उक्त कोषमा जम्मा गर्ने घोषणा गरेका हुन्।

सभापति कोइरालाले विश्वभरि महामारीको रुपमा फैलिएको कोराना (कोभिड-१९) को रोकथामाको लागि सवैले आ-आफ्नो ठाउँबाट हातेमालो गर्न आवश्यक रहेको बताए। लकडाउनको पूर्ण पालना गर्न सवैलाई आग्रह गर्दे उनले अनावश्यक काममा घर बाहिर ननिस्कन अनुरोध गरे।

कोइरालाले सचेत सवै बन्नु पर्ने भन्दै नआत्तिन जनताहरुलाई आग्रह गरे। सुखदुःखमा जनतासँगै आफूहरु रहेको भन्दै अप्ठेरो परे आफूलाई सम्झन पनि आग्रह गरे। कोइरालाले आफ्नो निर्वाचन क्षेत्रमा कोहि रोजगारी वा वैदेशिक यात्राबाट नेपाल फर्केको भए आफ्नै घरमा भए पनि १४ दिन सम्म सेल्फक्वारेनटाइनमा बस्न पुनः दोहोर्‍याए।

Comments
Loading...
You might also like