बाजुरामा १० बेडको आइसोलेसन कक्ष तयार

  • 23
    Shares
0

राजेन्द्र बिक/  बाजुरा, १५ चैत। कोरोना भाइरसको उपचार गर्न बाजुरामा पूर्वतयारी स्वरुप जिल्ला अस्पताल बाजुराले १० बेडको आइसोलेशन कक्ष तयार पारेको छ। कोरोना भाइरसबाट प्रभावित भइ आकस्मिक रुपमा आएका बिरामीलाई तत्काल उपचारमा ल्याउन आइसोलेशन कक्ष तयार गरिएको हो।

जिल्ला समन्वय समितिको सभा हलमा आइसोलेसन तयार पारिएको हो। अस्पतालले १० बेडको आइसोलेशन कक्ष निमार्ण गरी तयारी अवस्थामा राखेको जिल्ला अस्पताल बाजुराका कार्यालय प्रमूख डाक्टर रुपचन्द्र विश्वकर्माले बताए।

बिहीबार राती आवश्यक बेड सामाग्रीहरु मार्तडी पुगेपछि जिल्ला अस्पताल बाजुराले १० शैयाको समन्वय समितिमा आइसोलेशन कक्ष तयार पारेको विश्वकर्माले बताए।

Comments
Loading...
You might also like