लकडाउनको समयमा प्रार्थना गराउने दुई पास्टर पक्राउ

  • 96
    Shares
0

सुर्खेत, १५ चैत। लकडाउनको समयमा चर्चमा मानिसहरु जम्मा गरेर प्रार्थना गराउने दुई जना पास्टर पक्राउ परेका छन्। कृष्ट मण्डली चर्चका पास्टर प्रेम विक र वीरेन्द्रनगर नगरपालिका ८ मा रहरेको निस्सी एजी चर्चका पास्टर मोहन गुरुङलाई पक्राउ गरेको हो।

‘लकडाउन’को उल्लघङ्न गरेको भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतले पक्राउ गरेको हो। प्रहरी नायब उपरीक्षक (डीएसपी) रवि रावलका अनुसार उनीहरुले २५/३० जनाको समूह बनाएर चर्चमा प्रार्थना गराउन लागेका थिए।

आदेश उल्लघङ्न गरेपछि अरुलाई सम्झाएर छोडेको र पास्टरलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक (डीएसपी) रावलले बताए।

Comments
Loading...
You might also like