लकडाउनका कारण खाद्यान्न अभाव भो, चिन्ता नलिनोस् घरमै आउँछ

  • 99
    Shares
0

काठमाडौं, १५ चैत। लकडाउनको समयमा घर-घरमै खाद्यान्न पुर्‍याउँने व्यवस्था सुरु भएको छ। लकडाउनका कारण खाद्यान्न अभाव हुन थालेको भन्दै सर्वसाधारणले चिन्ता जाहेर गरिरहँदा घरघरमै खाद्यान्न पुर्‍याउँने व्यवस्था सुरु भएको हो।

नागरिकलाई अत्यावश्यक खाद्यवस्तु घरघरमै उपलब्ध गराउँन सरकारले व्यावसायीलाई आग्रह गरेपछि यो सेवा सुरु भएको हो। कोरोना भाइरस संक्रमण बढेपछि सरकारले गरेको ‘लकडाउन’ ले घरभित्रै बसेका छन् नागरिक। गृह मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले ‘लकडाउन’मा रहेका नागरिकलाई खाद्यवस्तु उपलब्ध गराउन आग्रह गरेको थियो।

सरकारी आग्रहपछि खाद्य स्टोर, सपिङ सेन्टर, सुपरमार्केट तथा ठूला सपिङ मलले घरघरमै खाद्यवस्तु पुर्‍याउन थालेका हुन्। सरकारी संस्थान खाद्य व्यवस्था तथा ब्यापार कम्पनीले भने मोबाइल भ्यानमार्फत् टोलटोलमा खाद्यान्न पुर्‍याउँदै आएको छ।

Comments
Loading...
You might also like