बलिउड अभिनेता इरफान खान अस्पताल भर्ना

  • 8
    Shares
0

एजेन्सी । बलिउड अभिनेता इफान खानको अचानक बिरामी भएपछि उनलाई अस्पताल भर्ना गरिएको छ। इरफानलाई मुम्बइस्थित कोकिलाबेन अस्पतालको आइसियूमा भर्ना गरिएको हो।

केही दिनअघि उनकी आमा सइदा बेगमको निधन भएको थियो। तर उनी आमाको निधनमा लकडाउनका कारण पुग्न सकेका थिएनन्। दुई वर्ष पहिले सन् २०१८ मार्च महिनामा इरफान आफ्नो विमारी थाहा पाएका थिए। उनी आफैले आफ्नो फ्यानाहरुलाई उक्त खबर दिएका थिए।

उनले सामाजिक सञ्जालमार्फत उक्त कुरा बताउँदै भनेका थिए, ‘जिन्दगीमा अचानक केही यस्तो भइदिन्छ, जसले तपाइलाई अगाडि लिएर जान्छ। समँग पनि यस्तै केही भइरहेको छ।मलाई न्योरो इन्डोक्राइन ट्यूमर नामक रोगले समातेको छ। तर मसँग रहेको आम मानिसको मायाले बाँचेको छु।’

Comments
Loading...
You might also like