पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट

  • 12
    Shares
0

काठमाण्डौ, १५ जेठ, सरकारले पर्यटन व्यवसायीलाई आयकरमा २० प्रतिशत छुट दिने भएको छ।

बजेट भाषणमा अर्थ मन्त्री डाक्टर युवराज खतिवडाले कोरोनाले प्रभाव पारेको पर्यटन क्षेत्रका व्यवसायीहरुलाई चालु आर्थिक वर्षको आयकरमा २० प्रतिशत छुट दिने बताउनुभयो।

खतिवडाले हवाई सेवा, होटल, यातायात, ट्राभल तथा ट्रेकिङ व्यवयासीलाई आर्थिक वर्ष २०७६र७७ को आय विवरण अनुसार लाग्ने आयकरमा २० प्रतिशत छुट दिइने बताए।

Comments
Loading...
You might also like