एकैदिन सात सयले बढ्यो सुन, तोलाको कति ?

0

काठमाडौं, १४ असार। आइतबार छापावाला सुनको मूल्यले ९१ हजार ३ सयमा पुगेर ऐतिहासिक रेकर्ड बनाएको छ। यो सुनको मूल्य हाल सम्मकै उच्च हो।

शुक्रबार प्रतितोला ९० हजार ६ सयमा कारोबार भएको सुन एकै दिन ७ सयले बढेर नयाँ रर्कड बनाएको हो।
त्यसैगरी, तेजाबी सुनको मूल्य ९० हजार ८ सय ६० कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएको छ।

भने चाँदी शुक्रबारको तुलनामा ५ रुपैयाले बढेर प्रतितोला ९ सय ४५ रुपैयाँमा कायम भएको छ।

Comments
Loading...
You might also like