किन बनिन् नायिका पूजा शर्मा ट्रोलको शिकार ?

0

काठमाडौं। कलाकार पूजा शर्मा ट्रोलको शिकार बनेकी छिन्। नेपालमा कति जिल्ला छन् भन्ने समेत भन्न नसकेपछि उनको चौतर्फी विरोध भएको छ। प्राइम टाइम्सको भिडियो अन्तर्वार्तामा पत्रकार प्रकाश सुवेदीलाई दिएको अन्तर्वार्तामा पूजाले नेपालमा १४ जिल्ला भएको बताएकी थिइन्।

उनलाई पत्रकार सुवेदीले सोधेका थिए – नेपालमा यतिखेर कतिवटा प्रदेश छन् ? यसको जवाफमा कलाकार पूजा शर्माले ७२ वटा भएको भन्दै अकमकाएकी थिइन्। यो प्रश्नको उत्तर दिन नसकेपछि उनलाई सुवेदीले नेपालमा कतिवटा जिल्ला छन् भनेर प्रश्न सोधेका थिए।

पूजाले नेपालमा १४ वटा जिल्ला भएको उत्तर दिएकी थिइन्। यो भिडियो फुटेज सामाजिक सञ्जालमा भाइरल भएको छ भने नेपाली कलाकारको अज्ञानतामाथि पनि प्रश्न उठाइएको छ। प्राइम टिभीको युट्युब च्यानलमा अपलोड गरिएको उक्त भिडियो हटाइएको छ। भिडियो किन हटाइयो भन्ने खुलाइएको छैन ।

Comments
Loading...
You might also like