कतारद्वारा कोरोनासँग लड्न डव्लूएचओलाई १० मिलियन डलर सहयोग गर्ने घोषणा

  • 3
    Shares
0

दोहा, १४ असार। कतारका उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री शेख मोहम्मद विन अब्दुल रहमान अलथानीले कतार सरकारले कोरोना महामारीसँग लड्न विश्व स्वास्थ्य संगठन (डव्लूएचओ) लाई १० मिलियन डलर प्रदान गर्ने घोषणा गरेका छन्।

शनिबार गैर नाफामुलक संस्था ग्लोवलसिटिजनले आयोजना गरेको वेव मिटिङमा कतार सरकारका तर्फबाट मिटिङमा सहभागी उपप्रधान एवं परराष्ट्र मामिला मन्त्रीअलथानीले उक्त घोषणा गरेका हुन्।

उक्त रकमले कोरोना भाइरस विरूद्धको खोप पत्ता लगाउन, उपचारमा सहयोग गर्न तथा चेक जाँचका लागि डव्लूएचओलाई सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे। डब्लूएचओलाई १० मिलियन डलर प्रदान गर्ने घोषणा गरेको कतारले यसअघि नै खोप विकासमा २० मिलियन डलर सहयोग गर्ने घोषणा गरिसकेको छ।

वेव मिटिङमा उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले विश्वलाई नै आक्रान्त बनाएको कोरोना महामारीसँग लड्न हातेमालो गरेकोमा युरोपियन आयोगलाई धन्यवाद दिए।

त्यसैगरि उनले कोरोना महामारीले विश्वको स्वास्थ्य व्यवस्थालाई मात्र चुनौति दिएको छैन, विश्व अर्थतन्त्र, शैक्षिक व्यवस्थाका साथै मानवीय मूल्य र मानयतामै ठूलोधक्का पुर्याएको जिकिर गर्दै विश्वमै सबैले एकताबद्ध भएर भाइरसविरूद्ध लड्नुपर्ने आवश्यकता रहेको बताए।

उपप्रधान एवं परराष्ट्र मामिला मन्त्री अलथानीले यो समयमा विश्व नै राजनीतिक रूपले विभाजित नभइ एकजुट भएर कोरोना जस्तो महामारीलाई पराजित गर्न धेरै भन्दा धेरै चेक जाँच तथा खोप विकासमा एकजुट हुनुपर्नेमा जोड दिए।

Comments
Loading...
You might also like