कोरोना संक्रमणबाट फ्रान्सका पूर्व उद्योगमन्त्रीको मृत्यु  

  • 6
    Shares
0

काठमाडौं, १६ चैत। कोरोना भाइरसको संक्रमणबाट फ्रान्सका पूर्वउद्योगमन्त्रीको मृत्यु भएको छ । कोभिड १९ को संक्रमणबाट पूर्वउद्योगमन्त्री पाथ्रिक देभेजँको मृत्यु भएको हो। उनलाई कोरोना संक्रमणको शंकामा बुधबार अस्पताल भर्ना गरिएको थियो । उनको आइतबार विहान पेरिसको जर्ज पम्पिदु अस्पतालमा मृत्यु भएको बताइएको छ।

निकोलस सार्कोजी र ज्याक सिराक दुवै राष्ट्रपति रहेको बेला उनी मन्त्री थिए। त्यस्तै उनि द सेन प्रान्तका क्षेत्रीय विकास सल्लाहकारसमेत थिए। ७१ वर्षीय देभेजँले शुक्रबार आफ्नो स्वास्थ्य सुधारोन्मुख रहेको भन्दै सामाजिक सञ्‍जाल ट्विटरमा लेखेका थिए। उनले ट्विटरमा आफू छिट्टै निको भई फर्किएर काममा लाग्‍ने उल्लेख गरेका थिए। तर, शनिबार साँझ उनको स्वास्थ्यमा एक्कासि खराबी देखिएको थियो।

Comments
Loading...
You might also like