टिभीको प्रत्यक्ष प्रशारण कार्यक्रममा प्रस्तोताले पाइन्ट नलगाई कार्यक्रम चलाएपछि…

  • 20
    Shares
0

एजेन्सी। कोरोना भाइरसको महामारीका कारण विश्वका अधिकांश मानिसहरु आफ्नो घरबाटै काम गरिरहेका छन्। मानिसहरु घरबाट अफिसको काम गर्दाको मजा छुट्टै हुन्छ भन्ने धारण राख्ने गर्दथे। तर, लकडाउनको यो लामो समयले भने अफिसको काम घरमा बसेर गर्दा दिक्क भएका छन्।

घरको सोफा वा बिस्तारामा सुतेर अफिसको काम गर्ने मानिस पनि यतिबेला धेरै छन्। तर टिभीमा काम गर्नेहरुलाई भने त्यो सुविधा छैन। किनभने टिभीमा लाइभ रिपोर्ट गर्नुपर्दछ। एक न्युज रिपोर्टरका साथ पनि केहि त्यस्तै भएको छ। जसका कारण उक्त व्यक्ति सोसल मिडियामा मजाकको पात्र बनेका छन्।

रिपोर्टर विल रीव मंगलवार गुड मर्निङ अमेरिकामा लाइभ प्रशारणका बेला बिना पाइन्ट नै कार्यक्रममा आईपुगे। उनलाई लाइभ प्रोग्राममा बिना पाइन्ट बसेको देख्न सकिन्छ। विल रीव शुरुमा गुड मर्निङ अमेरिकामा सूट लगाएको देखिएका थिए । तर दर्शकले ध्यान दिएर हेर्दा भिडियोमा बिना पाइन्ट लाइभ कार्यक्रममा बसेपछि हासीमजाकको पात्र बनेका छन्। ट्विटरमा यो भिडियो अत्याधिक भाइरल बनिरहेको छ।

Capture1

kk

Comments
Loading...
You might also like