स्थगित प्रिमियर लिगका खेलहरु सुचारु हुने

  • 20
    Shares
0

एजेन्सी। स्थगित प्रिमियर लिगका खेलहरु जुनको दोस्रो साताबाट सुचारु हुने भएको छ। कोरोना महामारीका कारण रोकिएको इंग्लिस प्रिमियर लिग फुटबल जुनको दोस्रो साताबाट पूनः सुचारु हुने भएका हुन्।

जुन १७ मा म्यानचेस्टर सिटीले घरेलु मैदानमा आर्सनलको सामना गर्नेछ। यस्तै एस्टन भिल्लाले सेफिल्डसँग खेल्नेछ। सबै खेलहरु बन्द रंगशालामा हुनेछन्। कोरोना महामारीका कारण गत मार्चबाट लिग स्थगित भएको थियो छ।

प्रिमियर लिगका २० क्लबले अब यो सिजनमा ९२ खेल खेल्न बाँकी छ। उपाधि नजिक रहेको लिभरपुल दोस्रो स्थानको म्यानचेस्टर सिटी भन्दा २५ अंकले अघि छ। लिभरपुललाई उपाधि जित्न दुई जितको आवश्यकता रहेको छ। क्लबहरुले प्रशिक्षण सुचारु गरिसकेका छन्।

Comments
Loading...
You might also like