दाङमा थपिए पाँच जना कोरोना संक्रमित

  • 15
    Shares
0

काठमाडौं, १६ जेठ। शुक्रबार दाङमा पाँच जना कोरोना संक्रमित थपिएका छन्। दाङको पहाडी क्षेत्र बंगलाचुली गाउँपालिकामा चार जना र पश्चिम दाङको बबई गाउँपालिकामा एक जनामा कोरोना संक्रमण देखिएको हो।

बंगलाचुली गाउँपालिका ४ का ३८ वर्षीय एक पुरुष , वडा १ का २७, २८ र ३३ वर्षका तीन पुरुषमा कोरोना संक्रमण पुष्टि भएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान स्रोतले बताएको छ। त्यसैगरी कोरोना बबई गाउँपालिका वडा नं.६ हापुरेका ३० वर्षीय एक युवामा पनि कोरोना भेटिएको छ। उनी बबईको जनकल्याण मावि पदमपुरमा क्वारेन्टाइन थिए।

बंगलाचुलीका संक्रमित मध्य भुलीडाँडा क्वारेन्टाइनमा बस्ने एक जना र महेन्द्र मावि स्युजा क्वारेन्टाइनमा बस्ने तीन जना रहेका छन्। नयाँ फेला परेका संक्रमितहरु सबै केही दिन पहिले भारतवाट आएकाहरु हुन्। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पिसिआर विधिवाट उनीहरुको स्वाब परीक्षण हुँदा कोरोना पुष्टि भएको हो।

Comments
Loading...
You might also like