नारायणीले कटान गर्न थालेपछि बर्षात अगावै समस्याको समाधान गर्न मेयर दाहालको निर्देशन

  • 53
    Shares
0

काठमाडौं, १६ जेठ, नारायणी नदीमा आएको बाढीले भरतपुर महानगर वडा नं २८ स्थित तामाङ टोलनजिकै कटान गर्न थालेपछि तत्काल कटान रोक्नेगरी काम गर्ने तयारी गरिएको छ। गएरातिदेखि नदीमा पानीको सतह बढि कटान गर्न थालेपछि स्थानीय प्रशासन र महानगरका मेयर सहितको टोली निरिक्षणका लागि पुगेको छ।

कटान क्षेत्रको अवलोकनका लागि चितवनका प्रमुख जिल्ला अधिकारी नारायण प्रसाद भट्टराई ,भरतपुर महानगरका मेयर रेनु दाहाल,चितवनका प्रहरी प्रमुख नान्तिराज गुरुङ,शशस्त्र र अनुसन्धानका प्रमुख एवम् नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख समेतको टोली सो क्षेत्रमा पुगेका थिए। उनिहरुले कटान क्षेत्रमा स्थानीयसंग जानकारी लिएका थिए। स्थानीयले गएरातिदेखि तामाङ टोल नजिकै कटान शुरु गरेको जानकारी गराए।

गतवर्ष पनि सोहि क्षेत्रमा एककिलोमिटर माथि कटान गरेपछि महानगरको अगुवाइमा नारायणी नदि व्यवस्थापन आयोजनाले कटान रोकथामको काम गरेको थियो। कटान रोक्न तत्काल हरसंभव उपाय अपनाउने आश्वासन स्थानीयलाई त्यहा पुगेका सराकारवालाले दिएका थिए।

भरतपुर महानगरका मेयर रेनु दाहालले नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख मेखनाथ शर्मालाई ठूलो बाढी आउनु अगावै काम सक्नेगरि तत्काल योजना अगाडि बढाउन निर्देशन दिइन। उनले जोखिम न्युनिकरण र दिर्धकालिन समस्या समाधानको लागि बिस्तृत योजना प्रतिवेदन तयार भइसकेकोले नारायणी नदीबाट हुने क्षति अब केही बर्षमा स्थायी समाधान भइसक्ने जानकारी दिइन। नारायणी नदी व्यवस्थापन आयोजना प्रमुख शर्माले तत्काल समस्या समाधानको लागि ठूला ढुङ्गा राखी कटान रोक्नेगरि काम अगाडि बढाउने आश्वासन दिए।

उनले सोहि क्षेत्रमा काम गरिरहेकै उपभोक्त समिति मार्फत काम गराएर एकसातामै काम सक्ने जानकारी दिए । चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बर्षात अगावै खोलानालामा बाढी आउन थालेकाले सवै स्थानीय तहले बेलैमा संभावित जोखिमबारे आँकलन गर्नुपर्ने वताए। उनले विपत व्यवस्थापन समिति पनि बर्षातका कारण आउने जोखिम कसरी कम गर्न सकिन्छ भनी तयारी अवस्थामा रहेको जानकारी दिए।

Comments
Loading...
You might also like