राजन भण्डारीको ‘आलम्ब सफल जीवनको’ (कविता)

  • 206
    Shares
0

चन्द्र नबिलाइ सूर्य नउदाए सम्म ,
अनि बिहान उठे देखि नसुते सम्म ।
आशा नै हो आलम्ब सफल जीवनको,
अनि बिश्वास नै हो धरातल दुई बिन्दु मिलनको ।

 

सूर्यको रापलाई चाँदनिको शितलताले मथ्थर नपारेसम्म,
अनि जवानिमा हुने उर्जा देखि बुढौलिमा खिएका पुर्जासम्म।
स्नेह नै हो आलम्ब सफल जीवनको ,
अनि प्रेम नै हो धरातल दुई बन्दु मिलनको।।

 

समुन्द्रको पानी बाफ बनी पहाडका चुचुरामा नठोकिए सम्म
कालो बादल मडारिएर मेघ गर्जनको बर्षा नबर्शे सम्म।
यात्रा नै हो आलम्ब सफल जीवनको,
अनि निरन्तरता नै हो धरातल दुई दूरीको मिलनको।।

 

हावाको बेगमा झुलेर हरियो धानको बाला नपाकेसम्म,
पटिलो दाना किसानको चरणमा नपुने सम्म ।
लचकता नै हो आलम्ब सफल जीवनको ,
अनि समर्पण नै हो धरातल दुई बन्दुको मिलनको।।

 

पहाड र कोप्चाबाट निस्किए समुन्द्रमा नपुगे सम्म
झरनाको मनोरम दृश्य नदेखेसम्म
दृण्ता नै हो आलम्व सफल जीवनको
अनि सुन्दरता नै हो धरातल दुई बन्दुको मिलनको।।

Comments
Loading...
You might also like