अब कर्जाको ब्याजदर एकल अंक आउँछ : अर्थमन्त्री डा.खतिवडा

Yubraj khatiwada

काठमाडौं, १५ असार। अर्थमन्त्री डा. युवराज खतिवडाले बैंकको ब्याजदर एकल अंकमा आउने बताएका छन्।नेपाल उद्योग परिसंघको १७ औं वार्षिकोत्वसको अवसरमा आयोजित कार्यक्रममा मन्त्री खतिवडाले अब बैंकहरुको ब्याजदर एकल अंकको नजिक आउने वाताबरण बनेको बताएका हुन्।

अब ऋणमा ब्याजदर घटाउँदा निक्षेपकर्तालाई कति ब्याज दिने भन्ने कुरा पनि आउँने र बैंकलाई कर्जा र निक्षेपको ब्याज मिलाउनु निर्देशन दिइसकेको बताए। ‘मन्त्री खतिवडाले भने ‘यो विषय अब मौद्रिक नीतिले हेर्ने छ।’ उनले भने ‘यो विषय अब मौद्रिक नीतिले सम्बोधन गर्नेछ।’

उनले आगामी आवमा आर्थिक अवस्था पुरानै गतिमा फर्कने गरी सरकारले काम गर्ने दाबी गरे। अहिले सरकारले रोजगारीको लागि विदेश जाने नेपालीलाई सहजिकरण गरेको उल्लेख गरे।