सरकार धान चामल निर्यात गर्ने रणनीतिमा छ : मूख्यमन्त्री पोखरेल

  • 18
    Shares
0

बुटवल, १५ असार। प्रदेश नम्बर ५ का मूख्यमन्त्री शंकर पोखरेलले धानको व्यवसायिकरणको माध्यमबाट रोजगारीको श्रृजना एवं धान चामल निर्यात गर्ने रणनीति बनाउदै सरकार योजनावद्ध रूपमा अघि बढेको बताएका छन्।

मूख्यमन्त्री पोखरेलले त्यसका लागि खेतीयोग्य जमिनमा सिंचाइकोे उपलब्धता बढाउदै जाने, उन्नत जातका बिउ बिजन र मलखाद किसानलाई सहज रूपमा उपलब्ध गराउने एवं यान्त्रिकरणमा जोड दिने नीति लिएको जनाए। राष्ट्रिय धान दिवस २०७७ को अवसरमा सोमवार शुभकामना सन्देश जारि गदै मुख्यमन्त्री पोखरेलले आयात प्रतिस्थापन गर्न धानको उत्पादकत्व बढाउन आवश्यक रहेको बताएका हुन्।

धानको उत्पादकत्व र उत्पादन वृद्धि गरि समृद्ध नेपाल सुखि नेपालीको राष्ट्रिय लक्ष्य हाशिल गर्न सबैको सार्थक सक्रियताका लागि मुख्यमन्त्री पोखरेलले अपील गरे। राष्ट्रिय अर्थतन्त्रलाई चलायमान वनाउन र रोजगारीको सुनिश्चितताका लागि धान नेपालको प्रमुख वाली हो भन्दै मुख्यमन्त्री पोखरेलले नेपाली समाजका हरेक सामाजिक र सांस्कृतिक कार्यहरुमा धान अनिवार्य रहेको उल्लेख गरे।

उनले कोभिड–१९ महामारिले अर्थतन्त्रमा परेको नकारात्मक असरहरू कम गर्न उत्पादन वृद्धिबाट सम्भव रहेको बताए। नेपालमा खेती गरिने कुल क्षेत्रफलको ४७ दशमलव ५ प्रतिशत जमिनमा गरिने धान खेतीको कृषिबाट प्राप्त हुने कुल ग्राहस्थ उत्पादनमा २० प्रतिशत योगदान रहेको मुख्यमन्त्री पोखरेलले उल्लेख गरे।शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले क्षेत्रफल र उत्पादनमा तराई क्षेत्रको हिस्सा ७० प्रतिशत भन्दा बढि रहेको तथ्यांक छ भन्दै धान उत्पादनमा ५ नं. प्रदेश पहिलो स्थानमा रहेको उल्लेख गरे।

Comments
Loading...
You might also like