उपत्यका छिर्न सहज बनाउने सरकारकाे तयारी

  • 146
    Shares
0

काठमाडौं, १५ असार। बाहिरी जिल्लाबाट उपत्यका छिर्न सरकारले खुकुलो पार्ने भएको छ। सोमबार बसेको कोभिड—१९ क्राइसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)ले उपत्यका छिर्न आउने जाने दुवै जिल्लाको प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था परिवर्तन गर्ने निर्णय गरेको हो।

सीसीएमसीले अनिवार्य होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहित स्थानीय तहबाट सिफारिस लिएर आउनेलाई उपत्यका भित्रिन दिने निर्णय गरेको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव महेन्द्र गुरागाईंले जानकारी दिए।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड अनुसार स्थानीय तह, वडा कार्यालय र प्रहरीको सिफारिस लिएर आएमा होम क्वारेन्टिनमा बस्ने प्रतिवद्धतासहित उपत्यका भित्रिन दिने निर्णय सीसीएमसीले गरेको छ।हवाई तथा स्थलमार्गबाट आउने सबैमा निर्णय लागू हुने सचिव गुरागाईंले बताए।सीसीएमसीले क्वारेन्टिनहरुमा स्वास्थ्य सामग्री वितरण गर्न मन्त्रालयको अनुमति पनि अनिवार्य गर्ने निर्णय गरेको छ।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिनेहरुका लागि स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको छ।

यस्तै विमानस्थलका कर्मचारीहरुलाई स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रतिव्यक्ति २ जोरका दरले वितरण गर्ने पनि निर्णय गरेको छ। यस्तै आमा र बच्चा नेपाली नागरिकताधारी र बुबा विदेशी पासपोर्ट भएकाहरुको भिसा सहजिकरणका लागि निर्णय गर्न मन्त्रिपरिषदलाई सिफारिस गरिएको छ।

Comments
Loading...
You might also like