मलेसियाका पूर्वप्रधानमन्त्री नजीब जेल चलान

Nawaj saraf
  • 24
    Shares

काठमाडौं। मलेसियाको उच्च अदालतले पूर्वप्रधानमन्त्री नजीब रजाकलाई १२ वर्षको जेल सजायँ तोकेपछि नजिब जेल चलान भएका छन्। ‘वान मलेसिया डेभलपमेन्ट बरहड’ परियोजनामा लाखौं अमेरिकी डलर भ्रष्टाचार अभियोगमा दोषी ठहर भएपछि नजीब जेल चलान भएका हुन्।

उच्च अदातलले उनलाई आपराधिक प्रयोजनका लागि बिश्वासघात गरेको, सम्पत्ती शुद्धिकरण तथा अख्तियार दुरुपयोग जस्ता अभियोगमा दोषी ठहर गरेको हो।

नजिबले सो परियोजनाको कोषबाट १ करोड अमेरिकी डलर आफनो खातामा सारेको अदालतको ठहर छ । यद्दपी नजिबले भने आफुमाथिको अभियोग अस्विकार गर्दै आएका छन्।

सन् २००९ देखि २०१८ सम्म प्रधानमन्त्री रहँदा उक्त भ्रष्टाचार काण्ड सार्वजनिक भएपछी नजिबको सत्तारुढ पार्टी सन् २०१८ को अन्त्यमा भएको आमनिर्वाचनमा पराजित भएको थियो। एजेन्सी

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्