राखेप सदस्य–सचिव नियुक्तिमा सर्वोच्चको कारण देखाउ आदेश

ramesh-silwal pic
  • 58
    Shares

काठमाडौं। राष्ट्रिय खेलकुद परिषद्को सदस्यसचिव नियुक्ति प्रक्रियामा सर्वोच्च अदालतले कारण देखाउ आदेश दिएको छ।

सरकारले रमेश सिलवाललाई राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सदस्य–सचिव नियुक्त गरेको भोलिपल्ट अर्थात बुधबार सर्वोच्च अदालतले कारण देखाउ आदेश जारी गरेको हो।

न्यायाधीश आनन्दमोहन भट्टराईको एकल इजलासले खेलकुद परिषद्को नाममा कारण देखाउ आदेश दिएको हो।टिकादत्त दाहालले गत साउन ८ गते सदस्यसचिव नियुक्तिका लागि ७ दिने सूचना प्रकाशन पत्रिकामा नगरेको तथा वेबसाइटमा मात्र धेरैलाई थाहा नदिने गरी सूचना प्रकाशन गर्नु कानूनविपरीत भएको भन्दै मुद्दा दर्ता गराएका थिए।

सोमबार मन्त्रिपरिषद्ले रमेशकुमार सिलवाललाई खेलकुद परिषद्को सदस्यसचिवमा पुनः नियुक्त गरेको थियो।प्रधानमन्त्री केपी शर्मा ओली निकट सिलवालले अन्तिम सिफारिसमा परेका लिलबहादुर थापामगर र अन्जु श्रेष्ठलाई पछि पारेका थिए। यसअघि गएको वर्षको असारमा सिलवालले राजनीतिक नियुक्ति पाएका थिए।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्