चिनियाँ एपमा भारतले लगाएको प्रतिबन्धमाथि चीनको विरोध

Capture 1
  • 9
    Shares

काठमाडौं। भारतले चिनियाँ एप माथि प्रतिबन्ध लगाएको विषयमा चीनले आपत्ति जनाएको छ। चीनले एक विज्ञप्ति जारी गर्दै भारतलाई आफ्नो गल्ती सुधार्न चेतावनी दिएको छ।

भारतले सबै थाहा हुँदा पनि यस्तो गरेको भन्दै चीनले आफ्नो व्यापारको सुरक्षाको लागि सबै आवस्यक कार्य गर्ने बताएको छ। भारतले चिनीयाँ कम्पनीसंग जोडिएको केहि एप प्रतिबन्ध गरेको छ र यसको कारण एप भारतको राष्ट्रिय हितको लागि क्षति हुने गतिविधिमा रहेको बताएको थियो।

भारतले हालै ४७ एपमाथि प्रतिबन्ध लगाएको छ जसमा टिकटक सहित ५९ एप क्लोन समेत थिए मतलब चीनले पहिला प्रतिबन्ध गरेको एप जस्तै एप बनाएको थियो। समग्रमा दुई सय ५० चिनीया एप माथि भारतीय सरकारको ध्यानाकर्षण रहेको र खतरा रहेको एपलाई हटाइएको छ।

चिनियाँ दूतावासका प्रवक्ता जी रोंग ले एक बयानमा वीच्याट एप प्रतिबन्धको विषयमा भारतीय पक्षले पुन बिचार गर्नुपर्ने बताएका छन्। २९ जुनमा भारतीय सरकारले चीनसँग जोडिएको वी च्याट सहित ५९ चीनीया एप प्रतिबन्ध लागाएको छ। जसले गर्दा चिनियाँ कम्पनीको वैधानिक अधिकार र नाफामा गम्भीर प्रभाव परेको छ।

प्रतिक्रिया दिनलाई यहां क्लिक गर्नुहोस्

तपाईंको प्रतिक्रिया यहां लेख्नुहोस्