राखेपका उपाध्यक्ष कोइराला र सदस्यसचिव सिलवालले लिए शपथ

Capture
  • 56
    Shares

काठमाडौं, १४ साउन। राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त उपाध्यक्ष शिव कोइराला र सदस्यसचिव रमेश कुमार सिलवालले पद तथा गोपनीयताको शपथग्रहण गरेका छन्।

युवा तथा खेलकुद मन्त्री जगत सुनार विश्वकर्माले सिंहदरबारस्थित मन्त्रालयलमा कोइराला र सिलवाललाई शपथ गराएका हुन्। कोइराला र सिलवाललाई मन्त्रिपरिषद्को गत सोमबार बसेको बैठकले राखेपको सदस्यसचिव र उपाध्यक्षमा नियुक्त गरेको थियो।

सिलवाल दोस्रोपटक सदस्यसचिव नियुक्त भएका हुन्। राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को कार्यान्वयन असार १८ गतेसँगै सिलवालसहित राखेपका तत्कालीन पदाधिकारी र सदस्य पदमुक्त भएका थिए। राखेप सदस्य सचिवबाट पदमुक्त भएको झण्डै तीन सातापछि सिलवाल पुनः त्यही पदमा नियुक्त भएका हुन्।