एनआइसी एशियाले गर्‍यो ५ लाख बराबरको खाद्यान्न वितरण

  • 39
    Shares
0

काठमाडौं, १७ चैत। एनआइसी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी गर्ने गरिब तथा असहाय परिवारलाई खाद्य सामाग्री वितरण गरेको छ। कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउन घोषणा गरिरहेका बेला देशभित्र विकास निर्माणका कामदेखि लिएर कलकारखानाहरु समेत बन्द रहेको अवस्थामा दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एन आई सी एशिया बैंकले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत आइतबार आयोजित एक कार्यक्रमका बीच बैंकले नेपाल प्रहरीसँगको सहकार्यमा पाँच लाख रुपैयाँबराबरको चामल, तेल, नुन, दाल लगायतका खाद्यान्न सामग्रीहरु वितरण गरेको हो।

बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले महानगरीय प्रहरी कार्यालय रानीपोखरीका डिआइजी विश्वराज पोखरेलज्यूलाई उक्त खाद्यान्न सामग्री हस्तान्तरण गरेका थिए । वितरण गरिएको खाद्यान्न सामग्रीबाट लकडाउनले गर्दा दैनिक छाक टार्न गाह्रो भएका परिवारलाई केहि भएपनि राहत मिल्ने विश्वास बैंकले लिएको छ।
बैंकले ‘कोरोनासँगको लडाई, बैंकिङ्ग गरौं घरबाट एक पाइला नबढाई’ भन्ने नाराका साथ अन्तर बैंक रकम स्थानान्तरण, बिजुली महसुल, खानेपानी महसुल, हवाई टिकट, ईन्टरनेट सेवा, बीमा तथा टेलिफोन शुल्क लगायतका भुक्तानीहरू मोबाइल तथा ईन्टरनेट बैंकिङ्ग जस्ता विद्युतीय माध्यमबाट घरबाटै बसेर निःशुल्क रुपमा तिर्न सक्ने व्यवस्था गरेको छ । उक्त सेवाहरुका साथै ग्राहकहरूले घरमै बसी अनलाईन खाता खोल्ने सुविधाका साथै कुनै सेवा लिए वापत तथा सामान खरिद गर्दा उक्त सेवाबाट पनि निःशुल्क भुक्तानी गर्न सक्नेछन।

Comments
Loading...
You might also like