अमेरिकामा कोरोनाले २ लाखको ज्यान लिन सक्ने विज्ञको चेतावनी

  • 183
    Shares
0

काठमाडौं, १७ चैत। अमेरिकमा कोरोना भाइरसका कारण २ लाख अमेरिकीको ज्यान लिने र दशौँ लाख संक्रमित हुने चेतावनी विज्ञले दिएका छन । अमेरिकी सरकारका एकजना अग्रणी विज्ञ डा. एन्थोनी फाउचीले यस्तो चेतावनी दिएका हुन । फाउची राष्ट्रपति डोनल्ड ट्रम्पको कोभिड -१९ कार्यदलका एकजना प्रमुख सरुवारोग विज्ञ हुन।

आईतबार सीएनएनसँग कुरा गर्दै डा. एन्थोनी फाउचीले अहिलेको अवस्थामा मृत्यु हुनेको सङ्ख्या एकदेखि दुई लाख हुनसक्ने बताएका हुन । उनले तत्कालै त्यस्तो सङ्ख्या ‘सङ्क्रमणको तीव्र अवस्थामाझ गरिएको’ अनुमान भन्दै ‘आफू त्यसमा अडिग रहन नचाहेको’ बताए।

फाउचीले न्यूयोर्कमा गम्भीर समस्या झेलिसकिएको बताउदै भने, न्यूअर्लेन्समा गम्भीर समस्या छ र अन्य ठाउँहरू त्यसैगरी गम्भीर समस्या विकसित हुने क्रममा छन्।” उनले जाँचहरू कार्यान्वयन भएमा केही प्रतिबन्धहरू कम गर्न सकिने बताए। अमेरिकामा, अहिले विश्वमै सबैभन्दा धेरै सङ्ख्यामा १ लाख ४० हजारभन्दा बढी पुष्टि भएका कोरोनाभाइरसका सङ्क्रमितहरू छन्।

Comments
Loading...
You might also like