कोरोनाबारे भ्रम फैलाउने एक पास्टर महिला पक्राउ

  • 93
    Shares
0

चितवन, १७ चैत। चितवन प्रहरीले कोरोना भाइरसबारे भ्रम फैलाउने एक महिलालाई पक्राउ गरेको छ। गत शुक्रबार जिल्ला प्रहरी कार्यालय चितवनले माडी नगरपालिका ७ की ३८ वर्षीया जानकी ढुंगानालाई पक्राउ गरेको हो।

तपाईंहरू यशुलाई विश्वास गर्नुस् कोरोनाले छुन सक्दैन भन्दै ढुंगानाले भ्रम फैलाउने काम गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एकनारायण कोइरालाले जानकारी दिए। उनलाई पक्राउ गरी थप अनुसन्धान गर्न आइतबार १० दिनको म्याद थप गरेको छ।

ती महिलाले केही मान्छे भेला पारी यशुको किताब तथा फोटोहरू बाँडेको समेत एसपी नन्तीराज गुरुङले बताए। उनी महिलालाई त्यस्तो गर्न लगाउने समेतको अनुसन्धान गरिरहेका एसपी गुरुङ बताए।

प्रहरीका अनुसार उनलाई मुलुकी अपराध संहिता, २०७४ को दफा ११८ अन्तर्गत अभद्र व्यवहार मुद्दा दर्ता गरी अनुसन्धान प्रक्रिया अगाडि बढाउने तयारी भएको छ।

Comments
Loading...
You might also like