सेयर बजार तत्कालै नखुल्ने

  • 14
    Shares
0

काठमाडौं, १७ चैत। सेयर बजार तत्कालका लागी नखुल्ने भएको छ। नेपाल धितोपत्र बोर्डले नेपाल स्टक एक्सचेञ्जलाई सेयर बजार बन्द गर्न निर्देशन दिएको छ । बोर्डको निर्देशनपछि नेप्से यसअघि पनि एक साताका लागि बजार बन्द गरिएको थियो। उत्त निर्देशन मंगलबार सकिदै छ। मंगलबारपछि पनि बन्द गर्न निर्देशन दिइएको हो ।

कोरोना भाइरसका कारण असहज अवस्था सिजर्ना भएको बन्दै बजार बन्द गराउन निर्देशन दिएको बोर्डका अध्यक्ष भीष्मराज ढुंगानाले जानकारी दिए । नेप्से कतिदिन बन्द गर्ने भन्नेबारे सोमबार निर्णय गरिने भएको छ । अहिले नै यति दिन बन्द गर्ने भन्न नमिले पनि लकडाउन अवधिभर बन्द गर्ने गरी तयारी भएको नेप्सेका सीईओ चन्द्रसिंह साउदले जानकारी दिए ।

Comments
Loading...
You might also like