संयम रहेर कोरोना नियन्त्रणमा सघाउनुहोस् : विद्या भट्टराई

  • 160
    Shares
0

पोखरा, १७ चैत। सांसद विद्या भट्टराईले कोरोना भाइरस कोभिड-१९ को रोकथाम र नियन्त्रणमा विभिन्न तहका सरकारले अघि सारेका काममा सहयोग गर्न नागरिकहरुमा अपिल गरेकी छिन्। कोरोनाले सबैलाई निकै त्रसित र भयभित बनाएको अबस्थामा संयम रहन सांसद भट्टराईले अपिल गरेकी हुन्।

प्रतिनिधि सभामा कास्की निर्वाचन क्षेत्र नम्बर २ बाट निर्वाचित सांसद भट्टराईले सोमबार एक प्रेस विज्ञप्ति जारी गर्दै विश्वलाई नै चुनौती दिएको कोरोना नियन्त्रण गर्न र जनताको स्वास्थ्यको रक्षा गर्न सरकार उच्च स्तरको कार्यमा लागिरहेको बताएकी छिन्। उनले सबैलाई उच्च सतर्कताका साथ् आफ्नो स्वास्थ्यको ख्याल गर्न अनुरोध गरिन्।विज्ञप्तिमा संक्रमण फैलिन नसकोस भन्ने उद्धेश्यका साथ लकडाउनको समय अवधि थप गरिएको छ र यस अवधिमा जिवनमा आएको असहज परिस्थितिमा पनि कास्की क्षेत्र नं. २ का सम्पुर्ण आदरणीय आमाबुबा, दिदिबहिनी दाजुभाइहरुकोको धैर्यताप्रति  कृतज्ञता व्यक्त गर्दछु।

यो असामान्य परिस्थितिलाई सामना गर्नका लागि लकडाउन एक मात्र उपाय भएका कारण यसलाई पूर्ण रुपमा पालना गर्नहुनका लागि पनि हार्दिक अनुरोध गर्दछु भट्टराईले भनेकी छन्। अहिले सम्म नेपालमा ५ जना व्यक्तिमा कोरनाको संक्रमण देखिएकोमा एक व्यक्ति उपचार पश्चात् निको भई नियमित काममा फर्किएका छन् भने चार जना उपचार गराईरहनु भएको छ।

यो विषम परिस्थितिमा आफ्नो ज्यानको पर्वाह नगरी निरन्तर सेवा प्रदान गरिरहनु भएका सम्पूर्ण स्वास्थ्यकर्मीहरू प्रति उच्च सम्मान ब्यक्त गर्दै उहाँहरूको आत्मबल बढाउनका लागि बिमा र क्षतिपूर्ति दिने नेपाल सरकारको निर्णयप्रति हार्दिक धन्यवाद ब्यक्त गर्न चाहन्छु उनले उल्लेख गरेकी छन्।

नेपाल सरकारले लकडाउन को समय अवधि थप गर्दै राहत प्याकेजको समेत घोषणा गरेको छ यसले विपन्न समुदाय र श्रमिकहरुलाई राहतको महशुस गराएको छ। यो संकटको अवस्थामा निरन्तर आफ्नो कार्यक्षेत्रमा कृयाशिल, सुरक्षाकर्मीहरू, सूचना सम्प्रेषण गरिरहनु भएका सम्पूर्ण सञ्चारकर्मीहरुमा हार्दिक सम्मान व्यक्त गर्दछु।

विदेशबाट फर्किएर आउनु भएका सम्पूर्ण व्यक्तित्वहरुलाई सुरक्षित रूपमा सम्बन्धित स्वास्थ्य संस्थामा सम्पर्क गर्न हुन अनुरोध गर्दछु। व्यक्ति आफू सुरक्षित रहन सकेमा संक्रमणको जोखिममा कमि हुनेछ भन्ने सवालमा हामी सबैको होशियारी आवश्यक हुन्छ। तीनै तहका सरकारले आफ्नो तर्फबाट यसको रोकथाम, नियन्त्रण, परीक्षण, उपचारका सवालमा गरेका प्रयासहरू सकारात्मक छन्।

उनले भनेकी छन्, ‘जनताहरुको समस्या समाधानका लागि सम्बन्धित निकायहरुसँग समन्वयकारी भूमिका निर्वाह गरिरहेको भन्दै भट्टराइले नेपाल सरकार र विश्व स्वास्थ्य संगठनले जारी गरेका आधिकारिक निर्देशन तथा आचारसंहिताको पूर्ण रूपमा पालना गरिदिनुहुन र कोरोना भाइरसको महामारीबाट बच्न अत्यावश्यक काम बाहेक घर भित्रै बसेर सहयोग गर्नु अनुरोध गरेकी छिन्।

Comments
Loading...
You might also like