राष्ट्रिय एकता कायम गरेर कोरोनाविरुद्ध जुटौं : नेकपा नुवाकोट

  • 394
    Shares
0

काठमाडौं, १७ चैत। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला संगठन कमिटी नुवाकोटले सरकारले घोषणा गरेको लकडाउनको पूर्ण पालना गर्न आग्रह गरेको छ। विदेशबाट आउने सबैले चेक जाँच गरी अनिवार्य १४ दिन क्वारेन्टाइनमा बस्न समेत अपिल गरेको छ।

यतिबेला, सरकारको अनावश्यक आलोचना नगरि राष्ट्रिय एकता कायम गरेर कोरोना भाइरसलाई जित्नतर्फ लाग्नु पर्ने बताएको छ। आइतबार एक प्रेस विज्ञप्ति जारी गर्दै संगठनले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटका सबै स्थानीय तह लगायत सबै पार्टी सदस्यलाई विपतको समयमा समुदायलाई सहजिकरण गर्न अपिल गरेको छ।

विज्ञप्तिमा भनिएको छ,‘ खाद्यान्न, औषधि, पानी, एम्बुलेन्स र पशु पक्षीका दाना एवं औषधिहरु जिल्लामा अभाव हुन नदिन, आपूर्ति व्यवस्था सहज गर्न सबै स्थानीय तहहरु , जिल्ला समान्वय जिल्ला प्रशासन कार्यलय, नेपाल उद्ययोग वाणिज्य संघ, नेपाल चेम्बर, जिल्लाको राजनीतिक दल, सामाजिक सङघ संस्थाहरुको आवस्यक समान्वयमा सहज वातावरण निर्माण गर्न लागी परेका छौं।’

सर्वसाधारणलाई घरमै सुरक्षित रहन आग्रह गर्दै अहोरात्र खटिरहने स्वास्थकर्मी, सुरक्षाकर्मी, राष्ट्रसेवक कर्मचारीहरु पत्रकारहरु, जनप्रतीनिधिहरु, व्यापारीहरुलाई धन्यवाद दिँदै भोलिका दिनमा अझै बढी उच्च मनोबलकका साथ विपतमा लाग्न अध्यक्ष हिरानाथ खतिवडाद्वारा जारी विज्ञप्तिमा अपिल गरिएको छ।

1

 

Comments
Loading...
You might also like