बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना

  • 24
    Shares
0

काठमाडौं, १८ वैशाख। बलिउड अभिनेता ऋषि कपुर अस्पताल भर्ना भएका छन्। क्यान्सर भएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको उनका दाजु एवं अभिनेता रनधीर कपुरले बताएका छन्।

६७ वर्षे ऋषिलाई बुधबार मुम्बईको रिलायन्स फाउण्डेस अस्पतालमा भर्ना गरिएको हो। सन् २०१८ मा क्यान्सर देखिएपछि एक वर्ष भन्दा बढी अमेरिका बसेर उनले उपचार गरेका थिए। उनी बलिउड अभिनेता रणवीर कपुरका बाबु हुन्।

Comments
Loading...
You might also like