रहेनन् बलिउड अभिनेता ऋषि कपुर

  • 126
    Shares
0

काठमाडौं, १८ वैशाख। बलिउडका अभिनेता ऋषि कपुरको निधन भएको छ। बलिउड महानायक अमिताभ बच्चनले ट्वीट गर्दै ऋषि कपुरको निधन भएको जानकारी दिएका हुन्।

अचानक स्वास्थ्य खराब भएपछि गएराती ऋषि कपुरलाई मुम्बईस्थित एचएन रिलायन्स फाउन्डेसन अस्पतालमा भर्ना गरिएको थियो । ६७ वर्षीय अभिनेता कपुर लामो समयदेखि क्यान्सरबाट पिडित रहेका थिए।

ऋषि कपुर गत सेप्टेम्बरमा मात्र अमेरिकामा लामो समयको उपचारपछि मुम्बई फर्किएका थिए। उनी गत फेब्रुअरीमा समेत स्वास्थ्यमा समस्या हुँदा अस्पताल भर्ना भएका थिए।

Comments
Loading...
You might also like