शनिबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

0

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) सोचेको आटेको कामहरु बन्नेछन । व्यवसायमा थप लगानी बढाउन सकिनेछ । वैदेशिक कामकाजमा फाइदा होला । मनको डर उत्साहमा बदलिने छ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) सोचेको भन्दा आम्दानी बढ्ने देखिन्छ । परिवारको सहयोग मिल्नेछ । नयाँ ज्ञान प्राप्त हुने योग छ । ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) नयाँ काम गर्ने अवसर मिल्नेछ । सामाजिक मानसम्मान र प्रतिष्ठा बढ्नेछ । जागिरमा पदोन्नति हुनेछ । राजनीतिमा आफ्नो बर्चस्व बढाउन सकिनेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परोपकारी काममा रुची बढ्नेछ। सामाजिक उत्तरदायित्व वहन गर्दै फाइदा हुने काम र जिम्मेवारी हात पार्ने मौका छ। साथीभाईसंग रमाइलोमा समय बित्नेछ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) योजना कार्यान्यनमा ढिलाइ गर्नाले आफैँपछि परिनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। सम्पत्ती राउने वा नष्ट होला। साँझमा पैशा खर्च हुने योगछ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) सहयोगीहरूले काममा साथ दिनेछन । आँटेका काम पनि सजिलै बन्नेछन । कामका लागि गरिएको भ्रमणमा समय मात्र बित्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) मनमा हर्ष, उमङ्ग र उत्साह छाउनेछ। विशिष्ट व्यक्तिको सहयोग पाईनेछ। मन लोभ्याउने पहिरनले अरूको नजर आफूमाथि पार्नेछ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) ब्यापार ब्यबसायबाट प्रसस्त लाभ मिल्नेछ । आर्थिक लाभ नहुने कामको जिम्मेवारी वहन गर्नुपर्ला । पढाइ लेखाइमा प्रगति हुनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे) आजको प्रयत्न निष्फल जस्तै होला। अनावश्यक झमेलामा परिएला। चुनौतीको सामना गर्नुपर्ला। प्रयत्न गरे फाइदा लिन सकिनेछ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि) शुभ समाचार सुन्न पाइएला। नयाँ कार्यको थालनी होला। राजनैतिक कार्यमा सफलता मिल्नेछ। आम्दानी प्रशस्तै बढ्नेछ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) मेहनतीहरूका लागि दिन फलदायी रहनेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। मुद्दा–मामिलामा विजयी भइनेछ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि) आँटेको र ताकेकोकार्य पुरा होला। सामाजिक सभासमारोहमा भाग लिनु पर्नेछ। साहित्यिक क्षेत्रमा रुची बढ्नेछ। नयाँ ज्ञान सिक्ने मौका छ।

Comments
Loading...
You might also like