स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हट्यो

  • 49
    Shares
0

काठमाडौं, १७ जेठ। विद्युतमा आत्मनिर्भर भएर स्वदेशमै बिजुलीको खपत बढाउने नीतिबाट सरकार पछि हटेको छ।
आर्थिक विधेयकमार्फत् विद्युतीय गाडी र विद्युतीय उपकरणमा सरकारले भन्सार महसुल बढाएको छ।

यसले विद्युतीय गाडी तथा उपकरण प्रयोगमा उपभोक्तालाई निरुत्साहित पार्ने विज्ञहरु बताउँछन्। यो खबर आजको अन्नपूर्ण पोष्ट दैनिकमा पवन तिमल्सिनाले लेखेका छन्। सरकार तथा निजी क्षेत्रबाट हाल निर्माणाधीन जलविद्युत आयोजनाको स्थिति हेर्ने हो भने आगामी दुई वर्ष्भित्र नेपालमा ७ हजार मेगावाटभन्दा बढी बिजुली राष्ट्रिय प्रशारण लाइनमा जोडिने छ।

उत्पादित बिजुली विदेशमा निर्यात गर्ने टुंगो नलागेको अवस्थामा अन्तरिक खपत बढाउनुपर्ने स्थितिमा महसुल बढाएको भन्दै सरकारको आलोचना भएको छ।

Comments
Loading...
You might also like