मंगलबारको राशिफल : यस्तो छ तपाईंको २४ घण्टा

  • 28
    Shares
0

मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ) एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ। बन्धु बान्धवबाट विशेष सहयोग मिल्नेछ । साँझपख शुभ समाचार आउन सक्छ ।

वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) पढाई लेखाइमा प्रगति हुनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन। केही अप्ठ्यारा परिस्थितिसँग सम्झौता गर्नुपर्दा मन खिन्न रहनेछ।

मिथुन ( का, कि, कु, घ, ङ, छ, के, को, हा) आस मारेको काम बन्नाले उत्साह जाग्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ। विशेष योजनाहरू बन्नेछन। समुदायको हितमा राम्रै काम गर्न सकिनेछ।

कर्कट ( हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घरेलु काममा रुची बढ्नेछ। धार्मिक र सामजिक काममा व्यस्त रहनुपर्नेछ। सवारीमा समेत सावधानी अपनाउनुपर्ला। स्वास्थ्यमा केहि समस्या देखिन सक्छ।

सिंह ( मा, मि, मु, मे, मो, टा, टि, टु, टे) मेहनत गर्दा लक्ष्य हासिल हुने सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। ब्यापार ब्यबसायमा गरेको लाभ मिल्न सक्छ।

कन्या ( टो, पा, पि, पु, ष, ण, ठ, पे, पो ) दाम्पत्य जीबनमा खुसियाली छाउनेछ। आम्दानीका नयाँ श्रोतहरु फेला पर्नेछन। ब्यापार व्यवसायमा फाइदा हुनेछ। रमाइलो यात्राको योग रहेकोछ।

तुला ( रा, रि, रु, रे, रो, ता, ति, तु, ते ) साथीभाईसंग रमाइलो भेटघाट हुनेछ। ब्यापार ब्यबसायबाट लाभ मिल्नेछ। अरुले तपाइको मेहनत र इमान्दारिताको खुलेर प्रसंसा गर्नेछन।

वृश्चिक ( तो, ना, नि, नु, ने, नो, या, यि, यु ) परोपकारी काममा रुची बढ्नेछ। धार्मिक काममा व्यस्त रहनुपर्नेछ। बिश्वास गरेकाले धोका दिन सक्छन। सामाजिक उत्तरदायित्व बढ्नेछ।

धनु ( ये, यो, भा, भि, भु, धा, फा, ढा, भे ) सामाजिक उत्तरदायित्व वहन गर्दै विदेश जाने मौका मिल्नेछ। नयाँ काम र जिम्मेवारी हात पार्ने मौका छ। पढाई लेखाइमा प्रगति हुनेछ।

मकर ( भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि ) शैक्षिक क्षेत्रमा गरेको लगानीबाट राम्रो प्रतिफल मिल्नेछ। प्रयास गर्दा व्यावसायिक काम सफल हुनेछन। विगतका समस्या बल्झिए पनि साँझदेखि स्थितिमा सुधार आउनेछ।

कुम्भ ( गु, गे, गो, सा, सि, सु, से, सो, दा ) स्वास्थ्यमा केहि समस्या आउने देखिन्छ। आफन्तसँग असमझदारी बढ्न सक्छ। लामो समयपछि साथीभाईसंग भेटघाट हुँदा मन खुसि रहनेछ।

मीन ( दि, दु, थ, झ, ञ, दे, दो, चा, चि ) टाढाको यात्राको सम्भावना देखिन्छ। पढाई लेखाइमा प्रगति हुनेछ। व्यापार व्यवसायमा सामान्य फाइदा हुनेछ। मेहनत गर्दा गेरको कामहरु सफल हुनेछन।

Comments
Loading...
You might also like